काठमाण्डु, १२ कात्तिक– कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई आगैह गरेका छन ।
आज राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत कारबाहिको प्रक्रियामा ल्याउनुपर्ने बताएका छन । महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ ।
मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’ उनले एमालेका नेता ऋषिकेश पोखरेलमागि समेत अनुसन्धान सरकारलाई आग्रह गरेका छन ।
उनले भने, ‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नु भएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि गर्नुस्, ‘यो देशमा के स्थापित गर्नुपर्यो भने कोही पनि मानिस, जुनसुकै राजनीतिक दलको होस्, कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस्, ठूलो होस्, सानो होस्, शक्तिशाली होस्, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे होस् कि अहिले भइरहेको प्रधानमन्त्री होस् कि भोलि प्रधानमन्त्री हुने मान्छे होस् कि जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन ।’