काठमाण्डु, १२ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग आवाश्यक रहेको बताएका छन ।
आज सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा भएको छलफलमा भाग लिँदै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन । उनले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्ने पनि बताएका छन ।
साथै उनले विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल हुने पनि बताएका छन । प्रमुख आयुक्त राईले भने, ‘अति जटिल पुल, सुरुङ या ट्र्याकमा अन्तर्राष्ट्रिय कन्सल्टेन्ट चाहिन्छ’, प्रमुख आयुक्त राईले भने,‘त्यसमा मात्र ९० को इभालुएसन राख्नुस् ।’
साथै उनले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको पनि बताएका छ । उनले भने, ‘अख्तियार एक्लैले भ्रष्टाचार कन्ट्रोल गर्न सक्दैन । यसमा सबैको सहयोग चाहिन्छ ।’