राजेन्द्र पाण्डेको प्रश्नः भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्र फेल भएको हो ?

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको दाबी गरेका छन ।

आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको छलफलमाबोल्दै एकीकृत समाजवादीका सांसद पाण्डेले यस्तो बताएका हुन ।

उनले देशमा उठेका ठुला ठुला भ्रष्टाचार काण्डको छानबिन अख्तियार, सम्पत्ति शुद्धीकरण कसैले नगर्ने हो भने कसले गर्ने रु भन्ने गम्भीर प्रश्न उठेको भन्दै भ्रष्टाचार निवारणसम्बन्धी ऐन कानुन बनाउँदा त्यसबारे ध्यान दिनुपर्ने पनि बताएका छन ।

सांसद पाण्डेले अख्तियार भ्रष्टाचार सम्बन्धी कानुन बनाउँदा अख्तियारको समेत राय सुझावका आधारमा बनाउँदा राम्रो हुने पनि बताएका छन ।

समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डले भने, ‘हामीले पास गरेको कुरा अख्तियारले कार्यान्वयन गर्न सकिँदैन भन्यो भने हामीले छलफल गरेको कुरा काम लाग्दैन, ‘त्यसैले अख्तियार र भ्रष्टाचार दुवैलाई जोडेर छलफल गरियो भने उपलब्धिमूलक हुनसक्छ ।’

उनले घुस लिने र दिने दुवै दोषी हुन् भन्ने कुरा सुनिँदै आएको भन्दै केही समयअघि एक जना सांसदले नो अव्जेक्सन लेटर बनाउँदा पाँचहजार दिनुपरेको घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us