कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– काठमाण्डुको कीर्तिपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाण्डुको कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको प्रहरीले जानकरी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us