स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– प्रहरीले रौतहटबाट स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेको रौतहट प्रहरीले जनाएको छ ।

आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलाबाट ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद गरीएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिएका छन ।

बरामद रुपैयाँ मोटरसाईकल सहित भारतीय नागरिक चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us