प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री लेखक सहभागी हुने

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन ।

आज सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले स्रोतले जानकारी दिएको छ ।

बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us