बारामा धारिलो हतियार प्रहार गरी हत्या

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते ९:१५ मा प्रकाशित

बारा, ११ कात्तिक- बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात समूहले हत्या गरेको बारा प्रहरीले जनाएको छ ।

बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले शनिबार राति  करिब ८ बजे घर नजिकै यादवमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको बताए ।

गम्भीर घाइते उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us