जनमत पार्टीका सांसद गुप्तामाथि हातपात प्रयास, प्रहरी कार्यालयमा लुकाइयो

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १४:५८ मा प्रकाशित

रुपन्देही, १० कात्तिक– जनमत पार्टीका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य सीके गुप्तामाथि हातपात प्रयास भएको छ ।

गुप्तामाथि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार बिहान युवाहरुको एक समूहले बागमती प्रदेश३–०१च ६६२७ नम्बरको गाडी रोकेर हातपात प्रयास गरेको हो ।

नजिकै रहेको इलाका प्रहरी कार्यालयको प्रहरीले उनलाई सुरक्षा दिएको थियो । गुप्तालाई प्रहरी कार्यालयभित्र सुरक्षा दिएर राखिएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले प्रदेशसभा सदस्य गुप्तामाथि हातपात प्रयास भएको बताए ।

गुप्ताले कांग्रेस नेता फखरुद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको आरोप गुप्ताले लगाएका छन् ।

आफूसँगै गाडीमा रहेका आफ्ना सहयोगीलाई गाडीबाट बाहिर थुतेर कुटिएको उनको भनाइ छ । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलको तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us