वैदेशिक रोजगारीका क्रममा मालिकबाट बलात्कृत महिला पेट बोकेर नेपाल फर्कन्छन्

काठमाण्डु टुडे २०७१ भदौ ८ गते ११:४८ मा प्रकाशित

 काठमाण्डु, ८ भदौ– २०६२/०६३ को दोश्रो जनआन्दोलनपछि नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाएको छ ।
नेपाली महिलाको विदेशिने क्रमसँगै उनीहरूले त्यहाँ पाउने गरेका अनेकथरि यातना, अत्याचार, बलात्कार र दु:खका समाचार आउने क्रम पनि बढेको छ ।
आर्थिक वर्ष २०६३(०६४ मा तीन हजार ६ सय ५ जना महिला वैदेशिक रोजगारीमा गएका गएकामा आर्थिक वर्ष २०७०/०७१ मा आइपुग्दा सो सङ्ख्या बढेर २८ हजार ९ सय नाघेको तथ्याङ्क वैदेशिक रोजगार विभागको छ । विभागले तथ्याङ्क राख्न थालेको आठ वर्षमा एक लाख १३ हजार ७ सय ७८ महिला वैदेशिक रोजगारीमा गएका छन् । सोही अवधिमा वैदेशिक रोजगारमा जाने पुरुषको सङ्ख्या २५ लाख ७४ हजार ६ सय ३ छ ।
काकमा लागि सबैभन्दा बढी ३७ हजार १ सइ २ जना महिला कुबेत पुगेका छन् । यस्तै दुबईमा २२ हजार ६ सय ६५, मलेसिया १७ हजार ३ सय २२, लेवनानमा १० हजार ८ सय ५८, कतारमा पाँच हजार ५ सय १, इजरायलमा तीन हजार ८ सय ६३, बहराइनमा तीन हजार २ सय ८६, कुवेतमा दुई हजार ३ सय ८४, दक्षिण कोरियामा ८ सय ५९, जापानमा ५ सय ८० र अन्य मुलुकमा छ हजार ७ सय ३६ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समेत ३४ जना महिला श्रम विभागबाट स्वीकृति लिएर रोजगारीमा गएका छन् । विभागबाट स्वीकृति लिएर जानेको सङ्ख्याभन्दा ठूलो सङ्ख्यामा नेपाली महिला अवैधानिक ढङ्गले भारत हुँदै खाडीलगायतका मुलुक जाने गरेका छन् ।

द्वन्द्वको चपेटामा रहेको मुलुक इराकमा समेत पाँच हजारभन्दा बढी नेपाली महिला अहिले अवैधानिक रूपमा रोजगारीमा छन् ।

इराकमा राजनीतिक सङ्कट चुलिंदै जाँदा त्यहाँ रहेका १० हजार नेपालीमध्ये आधा संख्या महिलाको रहेको खुलेको छ ।
खाडी मुलुकमा जाने महिला यौन व्यवसाय र रेष्टुराँमा नाङ्गै नाच्न बाध्य छन् ।
यस्तै घरेलु कामदार महिलालाई मालिकले बलत्कार गर्ने गरेको घटना पनि बढेका छन् । मालिकबाट बलात्कृत भएपछि गर्भवती भएर नेपाल फर्कनेको संख्या पनि अधिक छ ।

 पछिल्लो समय खाडीमात्रै होइन नेपाली महिलालाई मानव तस्करले रोजगारका नाममा अफ्रिकी मुलुकसमेत पुर्या्उन थालेका छन् ।

श्रम विभागका प्रवक्ता बद्रीकुमार कार्की घरेलु कामदारका रूपमा खाडी मुलुकमा गएका नेपाली महिलामाथि श्रम शोषण हुने गरेको, समयमा तलब नदिने गरेको, बढी समय काममा लगाउने गरेको तथा कतिपय ठाउँमा यौन शोषणसमेत हुने गरेको गुनासो आएपछि गत चैतदेखि ती मुलुकमा घरेलु महिला कामदारलाई पठाउन बन्द गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us