सर्वोच्चले माग्यो बार अध्यक्ष घिमिरेसँग लिखित जवाफ

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ ।

आज (बिहिबार) न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासको यो आदेशपछि बार र बेन्चका बिचमा जारी रहेको तनाव कायमै हुने देखिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले आफूले प्रतिवेदन फिर्ता लिने घोषणा गरेपछि यो विवाद सकिने अनुमान गरिएको थियो । तर इजलासले जीवित नै राखेपछि अव बार र बेन्च समन्वय समितिले मात्र यसमा समाधान खोज्ने देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us