काठमाण्डुको गोकर्णेश्वरमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– काठमाण्डुको गोकर्णेश्वरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन ।

गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा ति पुरुष मृत फेला परेका हुन ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आज बिहीबार मृत अवस्थामा फेला परेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।

प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us