काठमाण्डु, १ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन गरेका छन ।
आज (बिहिबार) राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बाजुरास्थित त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन ।
प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गरेका छन ।
राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।