स्रोत नखुलेको ८ लाख रकमसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते १०:५६ मा प्रकाशित

महोत्तरी, १ कात्तिक– प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

हिजो (बुधबार) दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट उनलाई पक्राउ गरीएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन ।

बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई शंकाका आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद गरी उनलाई पक्राउ गरीएको डिएसपी जयसवारले जानकारी दिए ।

पक्राउ परेका साह र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us