काठमाण्डु, १ कात्तिक– नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमा नै फिर्ता गरेका छन ।
परीक्षणका क्रममा न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन ।
परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको उनले जानकारी दिएका छन ।
दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षणको क्रममा न्यून गुणस्तरको चामल फेला परेको हो ।
परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो ।
न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो ।
सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागका प्रवक्ता महर्जनले जानकारी दिएका छन ।