आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते ८:११ मा प्रकाशित

काठमाण्डू, १ कात्तिक- कर्णाली प्रदेशमा बिहाबार सार्वजनिक बिदा दिइएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार  गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो ।

आज कर्णाली प्रदेशका जिल्लामा सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us