काठमाण्डू, १ कात्तिक- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दूराष्ट्र संविधानमा नभएर स्वाभिमानमा हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले कवितात्मक शैलीमा हिन्दूराष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन्।
गाउँ मासेर शहरको काम छैन भन्दै कवितात्मक शैलीमा उनले बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दूराष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताए ।
बालेनले लेखेका छन्
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दूराष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।