बिपी राजमार्गमा राति गाडी चलाउन रोक

काठमाण्डु टुडे २०८१ असोज ३० गते २२:०७ मा प्रकाशित

भक्तपुर, ३० असोज- सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

तर डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी सवारी साधन चलाउन रोक लगाएको हो ।

कार्यालयका अनुसार भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेको छ ।

जुनसुकै समयमा उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना छ। त्यसैले बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us