हर्क साम्पाङले गैरकानूनी रुपमा मामाससुरालाई कार्यवाहक दिएः उपमेयर बेघा

काठमाण्डु टुडे २०८१ असोज ३० गते २१:५१ मा प्रकाशित

काठमाण्डू, ३० असोज- उपमेयरलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने धरानका  मेयर हर्क साम्पाङको निर्णयपछि धरान उपमहानगरभित्र आन्तरिक विवाद चुलिएको छ ।

त्यसको विरोधमा बुधबार एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष  सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष  ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, रास्वपा संयोजक नरेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्कीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

मेयर साम्पाङले उपमेयर अइन्द्रबिक्रम बेघालाई नदिई वडा नम्बर ११ का अध्ययक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि विवाद भएको हो ।

१ कात्तिकमा बेलायत जान लागेका साम्पाङले बिहउड्ने २३ असोजमा पत्र लेख्दै २८ असोजदेखि आफू नआउन्जेलसम्मका लागि वडाध्यक्षलाई फागोलाई विभिन्न ५ सर्तसहित कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

उपप्रमुख बेघाले मेयर साम्पाङको गैरकानूनी रुपमा कार्यवाह तोकेको भन्दै आफू कार्यवाहक मेयर भएको बताएका छन् ।

बेघाले साम्पाङ र कार्यवाहक मेयरको जिम्मेवारी पाएका वडाध्यक्षबीच पारिवारिक नाता रहेको बताए ।

फागो मेयर साम्पाङको मामाससुरा भएको दाबी उनले गरे ।

कार्यवाहक प्रमुख  फागोले आफूहरु नातेदार भएको स्वीकार गरे ।

तर आफूलाई नाताका आधारमा कार्यवाहकको जिम्मेवारी नदिएको दाबी उनको छ  । आफूहरुबीच कहिल्यै नाता सम्बन्धका विषयमा कुराकानी नभएको फागो बताउँछन् ।

नाताका आधारमा नभई विश्वासका आधारमा मेयर साम्पाङले आफूलाई जिम्मेवारी दिएको उनले दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us