नेपाली युवा छनौट गर्दै चिनियाँ दूतावास

काठमाण्डु टुडे २०८१ असोज ३० गते १५:३५ मा प्रकाशित

काठमाण्डु, ३० असोज– नेपालस्थित चिनियाँ दूतावासाले युथ पायोनियर प्रोग्राम (सीएनवाइपी) सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि नेपाली युवालाई छनौट गर्ने प्रक्रियालाइ समेत अगाडि बढाएको छ ।

आज (बुधबार) दूतावासले एक सूचना गरी रुचि राख्ने युवालाई आवेदन दिन आग्रह गरेको छ । नेपाली युवाले कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने दुतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो एक्समा भनेका छन्, ‘यदि तपाई अग्रगामी सोच राख्नु हुन्छ र नेपालको सामाजिक तथा आर्थिक विकासमा परिवर्तन ल्याउन चाहनु भएको छ भने कृपया आजै आवेदन दिनुहोस् ।’

आफ्नो नेतृत्व विकास, गेम चेन्जिङ सोचका साथ सामाजिक र आर्थिक विकासका लागि अगाडि बढ्न आग्रह समेत उनले आग्रह गरेका छन् । यसमा १८ वर्षदेखि ३२ वर्षका युवाले मात्र निवेदन दिन सक्ने छन ।

उसले आफ्नो निवेदन अङ्ग्रेजी वा चाइनिज भाषामा मात्र दिन पाउने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सीएनवाइपीमा छनौट भएका युवाको आन्तरिक क्षमता बढाउनका लागि प्रशिक्षणलगायत विभिन्न कार्यशाला गोष्ठी तथा भ्रमणहरू गराउनुको साथै छात्रवृत्ति पनि प्रदान गर्ने भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us