प्रहरी संगठनलाई रुपान्तरण गर्न आवाश्यक छः मुख्यमन्त्री आचार्य

काठमाण्डु टुडे २०८१ असोज ३० गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ३० असोज– लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन र बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्न आवाश्यक रहेको बताएका छन ।

आज (बुधबार) ६९ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन ।

उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्क रहेको पनि बताएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अपराधहरु बढेर गएका छन्,सुरक्षा चुनौतीहरु थपिएका छन्, ‘प्रहरी संगठन पनि बदलिदो परिवेश अनुसार आफुलाई आधुनिकीकरण र रुपान्तरण गरेर अघि बढ्नुपर्ने छ ।’

अपराध अनुसन्धानको क्षेत्रमा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको कार्यसम्पादन उत्कृष्ट रहेको समेत चर्चा गर्दै कामको सिलसिलामा दिवंगत प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us