डडेल्धुरामा बस दुर्घटना, दुई दिनका शिशुसहित ४ को मृत्यु

काठमाण्डु टुडे २०८१ असोज ३० गते ७:०९ मा प्रकाशित

डडेल्धुरा, ३० असोज- डडेल्धुरामा गएराति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

१२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति दुर्घटना भएको

डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले बताए ।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us