विराटनगर, ३० असोज- विराटनगरको विराटनगरको भूमि प्रशासन चोकस्थित मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको छ ।
भगतमाथि मंगलबार सांझ गजलमै खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट देब्रे हात र नाकमा चोट लागेका भगतको कोशी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले विराटनगर महानगरपालिका-९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको बताए ।
घटनापछि फरार भएका उनीहरूको खोजी भइरहेको ओलीले बताए । घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।