गगन थापानिकट काँग्रेस केन्द्रीय सदस्य अजय शिवाकोटी पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २९ गते १९:२५ मा प्रकाशित

काठमाण्डू, २९ असोज- सत्तारूढ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी मालीगाउँ ल्याइएको बताएका छन् ।

निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खानको अगुवाईमा मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीनिवास बाहिर गरेको प्रदर्शनका क्रममा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले रूबी खानसहित अरु ७ जनालाई नियन्त्रणमा लिएको छ ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ र त्यहाँबाट स्वास्थ्य परिक्षणका लागि भन्दै वीर अस्पताल लगेको बताए ।

आफूलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही नबताएको उनले जनाए । प्रदर्शनका कारण सवारी जाम भएको र  गाडी रोकेर के भएको रहेछ भनेर बुझ्न गएका बेला नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।

शिवाकोटी काँग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us