
काठमाण्डु, २९ असोज- दशैं बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३१. ४८ अंकले बढेको छ ।
नेप्से १.१७ प्रतिशतले बढेर २६९९ मा बन्द भएको छ ।
कारोबार रकम भने घटेको छ । दशैंअघिको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकम भने घटेको छ ।
दशैं बिदाअघि बजारमा ३ अर्ब ७६ करोड बराबरको कारोबार भएको थियो ।
मंगलबार ३ अर्ब ६ करोड मात्र कोरोबार भयो । उत्पादनबाहेक सबै सूचक बढेका छन् ।
उत्पादन समूह ०.२२ प्रतिशत घट्यो भने फाइनान्स समूह सबैभन्दा धेरै ४.६१ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढेको छ ।
जानकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशत बढ्यो ।
मल्टिपर्पस फाइनान्सको ९.३२, समृद्धि फाइनान्सको ६.८४, सेन्ट्रल फाइनान्सको ६.३६ तथा आईसीएफसी फाइनान्सको ५.९४ प्रतिशत मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहे ।