विप्लवको घरमा पुगे जनार्दन शर्मा

काठमाण्डु टुडे २०८१ असोज २९ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, २९ असोज– नेकपा माओवादी कन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच कपिलवस्तुमा भेटवार्ता भएको छ ।
शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लव निवासमा दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो ।

विप्लवका सहयोगी एवं सो पार्टीका कपिलवस्तु सचिव विनोद केसीले दुई नेताबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताए ।

यस्तै उनीहरुबीच माओवादी घटकहरुबीचको एकता प्रक्रियाका विषयमा समेत कुराकानी भएको केसीले बताए । केसीले माओवादी र नेकपा एकताबारे सकारात्मक कुराकानी भएको पनि उल्लेख गरे ।

विप्लवलाई भेटेपछि शर्माले सो पार्टीले शिवगढीमा गरेको सामूहिक खेतीको अवलोकन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us