झापा, २९ असोज– झापामा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
अर्जुनधारा नगरपालिका–३ दार्जिलिङडाँडा जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले श्रीमती ३७ वर्षीया मुनाको हत्या गरेका हुन् ।
सोमबार वीरबहदुरले धारिलो हतियार प्रयोग गरी मुनाको हत्या गरेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
उनले श्रीमतीलाई मासु काट्ने दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । मुनाको घाँटीमा गम्भीर चोट लागेको छ ।
घटनापछि फरार वीरबहादुरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा कारबाही अघि बढाइएको एसपी केसीले बताए ।