दाङ, २९ असोज- दाङमा आँफैंले पेटमा चक्कु प्रहार गरी एक युवकले आत्महत्या गरेका छन् ।
भक्तपुरको नगरकोट नगरपालिका–१४ का २८ वर्षीय अनिल तामाङले मंगलबार बिहान आफ्नै पेटमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहार गरी गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले अंश बण्डाको विषयमा बुबासंग विवाद भएपछि अनिलले मदिरा सेवन गरी आफैंलाई छुरा हानेका थिए ।
अनिलका बुबा र दाजुले गाउँपालिका– ४ हापुरे बजारमा होटल सञ्चालन गर्दै आएका छन् । अनिल दशैं मान्न २३ असोजमा हापुरे आएका थिए ।
प्रहरीले अनिलका बाबु सोमार र दाजु पूर्णलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।