पाल्पामा पुच्छर काटिएको अवस्थामा चितुवा मृत भेटियो

काठमाण्डु टुडे २०८१ असोज २९ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– पाल्पामा चितुवा मृत फेला परेको छ ।

तानसेन नगरपालिका–१२ स्थित चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको चितुवा मृत फेला परेको हो ।

डिभिजन वन कार्यालय, पाल्पा प्रहरी, सामुदायिक वन र स्थानीय जनप्रतिनिधिको रोहबरमा वन कार्यालय परिसरमा चितुवा गाडिएको छ ।

चितुवाको मृत्युको कारण खुलेको भने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us