इजरायली सेनाको हर्कतप्रति नेपालले जनायो कडा आपत्ति

काठमाण्डु टुडे २०८१ असोज २९ गते १०:२८ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– इजरायलले संयुक्त राष्ट्रसंघको नेतृत्वमा लेबनानमा तैनाथ शान्ति सैनिकमाथि हमला गरेकामा नेपालले आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले उक्त आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको हो । यस्तै लेबनानमा तैनाथ शासन्त सैनिकको सुरक्षाको ग्यारेण्टी गर्न पनि परराष्ट्रले माग गरेको छ ।

‘नेपाल संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल.) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ’, परराष्ट्रले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ ।’

नेपालले यस्ता आक्रमण तत्काल रोक्न र घटनाको गहिरो अनुसन्धान गर्न पनि माग गरेको छ ।

दक्षिणी लेबनानस्थित शान्ति मिसनमा खटिएकमा सैनिकको आधा शिविरमा आइतबार इजरायली सेना प्रवेश गरेका थिए ।

लेबनानमा राष्ट्रसंघको आह्वानमा नेपाली सेना पनि शान्ति मिसनमा खटिँदै आएको छ ।
राष्ट्रसंघीय शान्ति मिसनमा संलग्न नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाको हर्कतप्रति आपत्ति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us