मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन झापाबाट १० जनाको उद्धार

काठमाण्डु टुडे २०८१ असोज २९ गते ८:२९ मा प्रकाशित

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अन्तर्गत सोमबार झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलमा निकालिएको ¥याली । ‘यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ सहयोगापेक्षी सडक आश्रित मावनहरुको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा काँकरभिट्टाबाट सुरु गरिएको हो । तस्बिरः सन्तोष शर्मा ररासस

काठमाण्डु, २९ असोज– मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार भएको छ ।

विभिन्न ठाउँबाट नौ जना पुरुष र एक जना महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार भएको आश्रमले जनाएको छ ।
यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको उनले जानकारी दिए ।

मानव सेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us