दशैं बिदा सकियो, खुले सरकारी कार्यालय

काठमाण्डु टुडे २०८१ असोज २९ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, २९ असोज– दशैं बिदा आजबाट सकिएको छ ।

दशैंका बेला बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् ।

फूलपातीदेखि सोमबारसम्म ५ दिन सरकारी कर्मचारीलाई सार्वजनिक बिदा दिइएको थियो ।

दशैंमा घर गएकाहरु क्रमशः कार्यक्षेत्र फर्कन थालेका छन् । केही दिन सुनसान प्रायः देखिएका उपत्यकाका सडकमा सवारी साधनको चाप बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us