कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २८ गते २३:२३ मा प्रकाशित

सल्यान, २८ असोज- सल्यानमा कर्तव्य ज्यान मुद्यामा फरार प्रतिवादीलाई ३५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी दार्मा गाउँपालिका- ५ का ७० वर्षीय गणेशबहादुर चन्द पक्राउ परेको सल्यान प्रहरीले जनाएको छ ।

सल्यान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार जिल्ला अदालत सल्यानले चन्दलाई ०४६ पुस २३ गते कर्तव्य ज्यान मुद्यामा दोषी ठहर गरेको थियो ।

फरार रहेका चन्दलाई घरबाटै  नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

फरार अभियुक्त चन्द दशैं मनाउन घर आएको सूचनाका आधारमा सोमबार बिहान घरबाटै पक्राउ गरिएको खत्रीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us