१६ वर्षीया किशोरी बलात्कृत

काठमाण्डु टुडे २०८१ असोज २८ गते २२:५६ मा प्रकाशित

बर्दिया, २८ असोज- बर्दियामा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बारबर्दिया नगरपालिका-१० गुमस्तास्थित धधबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति किशोरी बलात्कृत भएकी हुन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारूलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जानकारीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us