टीका लगाउन मामाघर आएका बालकलाई खोलाले बगायो

काठमाण्डु टुडे २०८१ असोज २८ गते २२:४७ मा प्रकाशित

नुवाकोट, २८ असोज- नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक  बेपत्ता भएका छन् ।

प्रहरी नायब उपरीक्षक तीलक भारतीले शिवपुरी गाउँपालिका-८ सिम्लेमा काठमाण्डूको नाजार्जुन नगरपालिका-८ भिमढुंगाबाट टीका लगाउन मामाघर आएका ९ वर्षीय सिशान तामाङलाई खोलाले बगाएको जानकारी दिए ।

भारतीका अनुसार बालकको खोजीमा प्रहरी र स्थानीय सक्रिय छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us