स्याङ्जा, २८ असोज- अपांगता भएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनास गाउपालिका-४ का ४५ वर्षीय टुकबहादुर थापा छन् ।
थापाले राम्ररी बोल्न नसक्ने ती महिलालाई गत २५ असोजमा जंगलमा लगेर ज्यान मार्ने धम्की दिई जबरजस्ती गरेको प्रहरीले जनाएको छ ।
स्याङ्जा प्रहरीका डिएसपी हरिप्रसाद पौडेलका अनुसार थापाले पहिला ती महिलालाई ललाई फकाई जंगलमा लगेपछि धक्याएर जबरजस्ती करणी गरेका थिए ।