होटल सन्चालक पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २८ गते २१:३७ मा प्रकाशित

दार्चुला, २८ असोज- जिल्लाको महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित एक होटलबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थानसहित होटल सञ्चालक दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ४४ वर्षीय कलमसिंह डडा पक्राउ परेका हुन् ।

होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us