सँगै मदिरा पिएको साथीले टाउको काटेर सेफ्टी ट्यांकीमा फालेको खुलासा

काठमाण्डु टुडे २०८१ असोज २८ गते १६:५१ मा प्रकाशित

बाँके, २८ असोज- विजयादशमीको राति हत्या गरिएका बाँके कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको शौचालयको सेप्टी ट्याङकीभित्र फेला परेको छ।

चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर एक घरको सेप्टी ट्यांकीभित्र फेला परेको हो ।

हत्यामा प्रयोग भएको हँसिया पनि सँगै भेटिएको बाँके प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

घटनामा  रोल्पाका २७ वर्षीय अनिल परियारको घटनामा संलग्नता देखिएको छ ।

मृतकको टाउको भेटिएको सेफ्टी ट्यांकी अनिलकी बहिनी अनिताको घरको हो । घटनापछि बेपत्ता अनिलको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

विजयादशमीका दिन मृतक चन्द्रबहादुर र अनीलले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसक्रममा उनीहरूबीच विवाद भएपछि अनिलले धारिलो हतियार प्रहार गरी चन्द्रबहादुरको हत्या गरेको अनुसन्धाबाट खुलेको कार्कीले बताए ।

स्फ्टी ट्यांकीमा टाउको भेटिएपछि प्रहरीले अनिलकी बहिनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

अनिल बलात्कार मुद्धामा दोषी ठहर भई गत वैशाखमा मात्र जेलबाट रिहा भएको खुल्न आएको एसपी कार्कीले जानकारी दिए । चन्द्रबहादुरको टाउको अस्पताल पठाइएको छ प्रहरीको भनाइ छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us