नोएल टाटा बने टाटा ट्रस्टको नयाँ अध्यक्ष

काठमाण्डु टुडे २०८१ असोज २५ गते २०:०१ मा प्रकाशित

एजेन्सी- नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने  भएका छन् ।

रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । 

नोएल रतनका सौतेनी भाइ हुन् ।

रतन टाटाको बुधबार राति निधन भएको थियो । शुक्रबार ट्रस्टको बोर्ड  बैठकले नोएललाई अध्यक्ष चयन गरेको हो । 

नोएलले पहिलेदेखि नै टाटा सन्सको नेतृत्व सम्हाल्दै आएका छन् ।

नोएलले अब करिब ३४ लाख करोड भारतीय रुपैयाँबराबरको टाटा समूहको नेतृत्व सम्हाल्नेछन् ।      

 हाल टाटा समूहको नेतृत्व एन चन्द्रशेखरनले गर्दै आएका छन् ।

टाटा सन्स प्राइभेट लिमिटेड टाटा समूहको प्रमुख होल्डिङ कम्पनी  हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us