
काठमाण्डू, २४ असोज- यो वर्षको साहित्य विधातर्फको नोबेल शान्ति पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाएकी छन् ।
‘द भेजिटेरियन’ किताबकी लेखक उनी नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाली पहिलो लेखक हुन् ।
नोबेल पुरस्कार घोषणा गर्न आयोजित कार्यक्रममा उक्त पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले इतिहासका चोटहरूलाई सामना गर्ने र मानव जीवनको नाजुकतालाई उजागर गर्ने काङको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।
काङको द भेजिटेरियन सन् २००७ मा कोरियन भाषामा प्रकाशित भएको थियो । काङको उक्त किताब सन् २०१६ मा अंग्रेजीमा अनुवाद गरिएको थियो । त्यसपछि उक्त पुस्तकले इन्टरनेसनल बुकर प्राइज जितेको थियो ।
सन् १९७० मा दक्षिण कोरियाको ग्वाङजुमा जन्मिएकी काङका बुवा पनि उपन्यासकार थिए ।
काङले कोरियाको योनसेइ विश्वविद्यालयमा साहित्य पढेकी थिइन् ।
सन् १९९८ मा काङले पहिलो उपन्यास ‘ब्ल्याक डियर’ प्रकाशन गरेकी थिइन् ।