
काठमाण्डू, २४ असोज- बाढीपहिरोले अवरूद्ध सडक सुचारु गराउन भारतले नेपाललाई १० वटा बेलिब्रिज दिएको छ ।
बाटपहिरोबाट अवरूद्ध सडक सञ्जाल सन्चालनमा ल्याउन ३८ करोड रुपैयाँ मुल्य बराबरका बेलिब्रिज पुलका सामग्री दिएको भारतीय दूतावासले जनाएको छ ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ती सामान हस्तान्तरण गरिन् । बाढीपहिरो प्रभावित परिवारलाई अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याबलेट र पानीका बोतलसहितको २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराइएको दूतावासले जनाएको छ ।