प्रतिष्ठित भारतीय उद्योगी रतन टाटाको निधन

काठमाण्डु टुडे २०८१ असोज २४ गते ११:२२ मा प्रकाशित

एजेन्सी- भारतीय उद्योगपति एवं टाटा मोटर्सका संस्थापक रतन टाटाको निधन भएको छ ।

बुधबार राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको पुष्टि गरेका छन् ।

टाचाको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति मुर्मुले टाटाको निधनबाट भारतले एक देश निर्माणको आइकन गुमाएको एक्समा लेखेकी छन् ।

प्रधानमन्त्री देशले एक असाधारण भिजिनरी बिजनेस लिडर गुमाएको बताएका छन् ।

टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us