पर्वतमा पिङबाट खसेर एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २३ गते १४:३८ मा प्रकाशित

काठमाण्डु, २३ असोज– पर्वतमा पिङ खेल्ने क्रममा पिङबाटै खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियार रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले जानकारी दिएका छन ।

हिजो मंगलबार साँझ करिब ५ बजेको पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो। लगत्तै उनलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

पाङका स्थानीय जयकृष्ण सुवेदीका अनुसार परियारको परिवारमा तीन वर्षीय र १५ महिने गरेर दुई छोराहरु, श्रीमती र आमा रहेका छन । आर्थिक अवस्था निकै कमजोर रहेको परिवारका आवश्यकता टार्न संजयकै भर थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us