एनएमबी बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख सहयोग

काठमाण्डु टुडे २०८१ असोज २० गते १८:०५ मा प्रकाशित

काठमाण्डु, २० असोज- एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकका उच्च पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरे ।

बाढी पहिरोबाट प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्त्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।

साथै यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us