
काठमाण्डू, २० असोज- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ ।
नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ
गत साता अन्तिम कारोबार दिन बुधबार ६ अर्ब ७७ करोडको कारोबार भएकामा आइतबार ६ अर्ब १३ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ कमी आएको हो । ३०८ वटा धितोपत्रको एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको हो ।
आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढ्यो भने विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो ।
आइतबार साहस ऊर्जाको सर्वाधिक ६३ करोड ८३ लाखको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
यसदिन वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । उक्त समूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशतले बढेको छ ।।