लण्डन– बेलायतवासी मगरहरुले बेलायतको हम्सायर कन्ट्री काउन्सिल फानवरो भन्ने स्थानमाा मगर संघ यूकेका लागि भवन खरिद गरेको छन् ।
मगर संघका अनुसार सो भवनको मूल्य पैंतीस लाख पाउण्ड अर्थात् नेपाली ५ करोड ६० लाख रुपैयाँ परेको छ ।
मगर संघ यूकेका अध्यक्ष दुत पुनले बेलायतवासी नेपालीको लामो प्रयास र मिहेनतले भवन खरिद गरिने ऐतिहासिक काम भएको बताए । उक्त कार्यले यूकेवासी मगरहरुलाई एकताको सूत्रमा बाँधेको उनको भनाइ छ ।
अध्यक्ष पुनले भवन खरिदमा सहयोग गर्ने मगर संघमा आवद्ध तथा अन्य नेपालीलाई धन्यवाद दिएका छन् ।