
एजेन्सी- लेबनान समर्थित सिया मुस्लिम समूह हिजबुल्लाहसंगको लडाइँमा ८ इजरायली सैनिक मारिएका छन् ।
इजरायली रक्षा बल (आईडीएफ) ले लडाइँका क्रममा क्याप्टेन इतान इत्ज्याक ओस्टसहित ८ सैनिकको ज्यान गएको पुष्टि गरेको छ ।
२२ वर्षीय ओस्टले इगोज इकाइका कमाण्डर थिए । इगोज इकाइका अन्य तीन सैनिकले ज्यान गुमाएका हुन् । आईडीएफका अनुसार ७ सैनिक घाइते छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार आईडीएफ र हिजबुल्लाहबीच लेबनानको दक्षिणी क्षेत्रमा भीषण लडाइँ जारी छ ।
लडाइँका क्रममा हिजबुल्लाह तर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।
सो समूहका प्रवक्ताले दक्षिणी लेबनानमा बुधबार आईडीएफसँगको भिडन्तलाई पहिलो चरणको युद्धको संज्ञा दिएका छन् ।