२६ अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०८१ असोज १६ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १५ असोज– साताको कारोबारको तोस्रो दिन हिजो मंगलबार उच्च अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज २६ अंकले घटेको छ । २६२९ बाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २५९७.४९ बिन्दुमा पुगेर रोकिएको छ ।

आज ३१० कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भएको नेप्सले जनाएको छ । जसमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घटको हो ।

बुधबार १८७ कम्पनीको मूल्य घट्यो । ५४ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको स्थिर रह्यो । बुधबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।

स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । कारोबार रकमका हिसाबले बुधबार नेपाल फाइनान्स लिमिटेड पहिलो नम्बरमा रह्यो ।

यसको कुल २० करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज फाइनान्स उपसमूहको सूचक १।७५ प्रतिशतले बढ्यो । बाँकी सबै उपसमूहको सूचक घटेको नेप्सले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us