पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डु टुडे २०८१ असोज १४ गते २०:४४ मा प्रकाशित

काठमाण्डु, १४ असोज–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यमा गिरावट आइरहेका बेला भारतीय आयल कर्पोरेशन (आईओसी) ले स्वचालित प्रणालीअनुसार मूल्य घटाएर नयाँ मूल्य सूची पठाएपछि निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाएको हो ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलितर १ रुपैयाँ, डिजेलमा र मट्टीतेलमा समान २ दुई रुपैयाँ दरले मूल्य घटाइएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिहजार लिटरमा ६ तथा बाह्यमा ४५ रुपैयाँ घटेको छ ।

भारतबाट एलपी ग्याँसको मूल्य बढेर आए पनि चाडपर्व मुखैमा आएका कारण यथावत राखिएको निगमको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us