नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम ५ अर्बमा सीमित

काठमाण्डु टुडे २०८१ असोज १३ गते ३:३० मा प्रकाशित

काठमाण्डु, १३ असोज– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ ।

आइतबार २२.३६ अंकले घटेर नेप्से २४६४.४० विन्दुमा आएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ४ अर्ब ८४ करोड रूपैयाँ कारोबार भएको बजारमा आइतबार ४ अर्ब पाँच करोडको रुपैयाँको मात्र कारोबार भयो ।

बजारमा ३ सय २७ धितोपत्रको एक करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९३ वटाको घट्यो । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.५५ प्रतिशतले बढ्यो धभने अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घट्यो ।
आइतबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३७५ रूपैयाँमा १५ करोड ९२ लाखको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्रमा नेप्से ओरालो लाग्यो ।

जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले घट्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us