
काठमाण्डु, १२ असोज– अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय
इन्द्रसरोवर भरिएपछि पानी खोल्दा आएको बाढीका कारण माण्डुखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
शनिबार बिहान ४ः५० बजेको समयबाट कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएपछि ड्यामका ढोका खोलिएका थिए ।
मकवानपुरको बागमती गाउँपालिकामा रहेको २२ मेगावाटको उक्त आयोजना डुवानमा परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पानका अनुसार उक्त आयोजना पुरै डुबानमा परेको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको बताइएको छ ।
यस्तै पाँचथरमा रहेको २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजनामा पनि बाढीका कारण क्षति पुगेको छ । उक्त आयोजनाको पावर हासउ डुबेको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।